कर्पाेरेट/बजार


औरहीमा पनि सिटिजन्सको शाखा

औरहीमा पनि सिटिजन्सको शाखा

६ मंसिर २०७४, बुधबार १२:५०

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा सञ्चालनमा ल्याएको छ । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उद्घाटन गरेका छन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको.....

क्याटर पिलरका उत्पादन मुख्य सहरमा

क्याटर पिलरका उत्पादन मुख्य सहरमा

६ मंसिर २०७४, बुधबार १२:४७

बतास ट्र्याक्टर्स प्रालिले क्याटर पिलर (क्याट)का उत्पादन मुलुकका सबैजसो प्रमुख सहरमा उपलब्ध गराएको छ । कम्पनीले क्याटर पिलरका एक्स्क्याभेटर, ह्विल लोडर, ब्याकहो लोडर ४२६, मोटर ग्रेडर, डोजरलगायत हेभी इक्विपमेन्ट काठमाडौँ, नारायणगढ, बुटवल, नेपालगन्ज, धनगढी, हेटौँडा, इटहरीलगायत सहरमा उपलब्ध गराएको छ । यी.....

एनआईबीएल र एक्सेसबीच सम्झौता

एनआईबीएल र एक्सेसबीच सम्झौता

६ मंसिर २०७४, बुधबार १२:४४

भारतमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क –एनआईबीएल) र भारतस्थित एक्सेस बैङ्कबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । भारतमा रहेका नेपालीसँग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई एनआईबीएलको.....

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

१६ कार्तिक २०७४, बिहीबार १६:३०

चन्द्रागिरि हिल्स लिमिटेडले प्रवद्र्धन गरेको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सका तर्फबाट महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचीले हस्ताक्षर.....

विमान किन्न निगमलाई जुट्यो २४ अर्ब

विमान किन्न निगमलाई जुट्यो २४ अर्ब

१६ कार्तिक २०७४, बिहीबार १५:३८

नेपाल वायुसेवा निगमलाई नयाँ विमान खरिद गर्न रकम जुटेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले दुई ठूला वाइडबडी जहाज खरिदका लागि ऋण दिने सम्झौता गरेका हुन् । सम्झौताअनुसार दुई संस्थाले निगमलाई १२÷१२ अर्ब रुपैयाँ ऋण दिनेछन् । वाइडबडी विमान खरिद गर्न नेपाल सरकार जमानी बस्ने निर्णयसँगै अर्थ मन्त्रालयले.....

कानुनले अड्काएको कमोडिटी बजार

कानुनले अड्काएको कमोडिटी बजार

१४ कार्तिक २०७४, मंगलवार १०:२९

नेपालमा वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज)को नियमनमा सरकार उदासीन हुँदा ठूलो पुँजीगत लाभको सम्भावना गुम्न पुगेको छ । यस्तो बजार सञ्चालनमा आएको एक दशक भएको छ । नेपाली उद्यमीहरुले सञ्चालन गरेका कतिपय एक्सचेन्जहरु यो अवधिमा बन्द भएका छन् । यसबाट राज्यको करोडौं रुपैयाँ राजस्व गुमेको मात्रै छैन, यस्तो बजारमा.....

बजाज आरई स्वरोजगार र्याली

बजाज आरई स्वरोजगार र्याली

१४ कार्तिक २०७४, मंगलवार ०८:०१

काठमाडौँ । बजाज थ्री ह्विलर्स बजाज आरईको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरई स्वरोजगार र्यालीआयोजना गरेको छ । स्वरोजगारीमै समझदारी मुख्य नारा रहेको र्यालीमा २० ओटा बजाज आरईको सहभागिता थियो । अभियानले पूर्वपश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछ । करिब एक हजार.....

बृहतले मनायो दसौं वार्षिकोत्सव

बृहतले मनायो दसौं वार्षिकोत्सव

१४ कार्तिक २०७४, मंगलवार ०७:५३

काठमाडौँ । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रूपले स्थापनाको एक दशक पूरा गरेको छ । ११औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३ गते विभिन्न कार्यक्रम आयोजना गरेर दसौं वार्षिकोत्सव मनाएको हो । असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गू्रपले रक्तदान कार्यक्रम आयोजना.....

कोकाकोलाको अभियानमा १० हजार विजेता

कोकाकोलाको अभियानमा १० हजार विजेता

१४ कार्तिक २०७४, मंगलवार ०७:५१

काठमाडौँ । कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ प्रवद्र्धनात्मक अभियानमार्फत १० हजारभन्दा बढी विजेताको नाम घोषणा गरिसकेको छ । उक्त अभियानको ग्रान्ड प्राइजमार्फत विजेताले टीभीएस स्ट्राइकर १२५ सीसी, एलजी एलईडी टीभीका साथै मोबाइल रिचार्ज कार्ड पाएका छन् । यो अभियनमा अहिलेसम्म करिब दुई लाख ५० हजार एसएमएस.....

गरिमाको शाखा न्युरोडमा

गरिमाको शाखा न्युरोडमा

१४ कार्तिक २०७४, मंगलवार ०७:४८

काठमाडौं । गरिमा विकास बैङ्कले काठमाडौं न्युरोडमा ४८औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद.....