अबदेखि सूचीकृत कम्पनीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटै व्यक्ति हुन पाउने छैनन् । नेपाल धितो पत्र बोर्डले साउन १ गतेदेखि लागू गरेको ‘सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी –पहिलो संशोधन) निर्देशिका, २०७५’ मा संस्थाको दुई प्रमुख पदमा एकै व्यक्ति बस्न नपाउने व्यवस्था लागू गरेको.....
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कभन्दा विकास बैङ्क र वित्त कम्पनीले बढी ब्याज अन्तर कायम गर्न सक्ने सुविधा दिएको छ । बैङ्क तथा वित्तीय संस्थाले कर्जामा लगाउने ब्याजदर कम गर्ने अस्त्रका रुपमा लिइएको निक्षेपमा दिने ब्याज र कर्जा÷सापटमा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) वाणिज्य बैङ्कका हकमा घटाए.....
बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा कार्यरत सहायकदेखि अधिकृत स्तरसम्मका कर्मचारीलाई बैङ्किङसम्बन्धी तालिम अनिवार्य दिनपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्देशन जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले बैङ्किङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न अनिर्वाय तालिमको व्यवस्था गरेको हो । राष्ट्र.....
अबदेखि बैङ्क तथा वित्तीय संस्थाहरुबाट फर्म तथा कम्पनीहरुले ऋण लिँदा वा नवीकरण गर्दा पछिल्लो कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने भएको भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता/दाखिला वा ई–स्टेटमेन्ट लिएर मात्र कर्जा दिन तथा नवीकरण गर्न निर्देशन.....
लुम्बिनी विकास बैङ्कका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशसिंह बोहराले आज (बुधबार)देखि जिम्मेवारी सम्हालेका छन् । यसअघि देव: विकास बैङ्कका डेपुटी सीईओ रहेका बोहराले आगामी ४ वर्षका लागि लुम्बिनीको जिम्मेवारी समालेका हुन् । त्यसअघि उनी नेसनल फाइनान्सका सीईओ थिए । साथै, उनीसँग नेपाल बङ्गलादेश,.....
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराईलाई नै निरन्तरता दिइएको छ । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई फेरि अर्को चार वर्षका लागि नियुक्त गरेको हो । भट्टराईलाई नियुक्ति गर्ने बारेमा नियामक बिमा समितिले स्वीकृति दिएपछि कम्पनीले सीईओ नियुक्त.....
चालू आर्थिक वर्ष (२०७५/७६) मा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न १४ खर्ब ३८ अर्ब रुपैयाँ पुँजीगत खर्च गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारी र निजी क्षेत्रबाट चालू वर्षको वृद्धि प्राप्त गर्न यो रकम खर्च गरिने बताएका हुन् । ‘सङ्घ, प्रदेश.....
ग्लोबल आईएमई बैङ्क र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मङ्गलबार बैङ्कास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता हस्ताक्षरपछि ग्लोबल आईएमई बैङ्कका एक सय ३१ ओटै शाखामार्फत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न पाइने छ । साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा छिटो,.....
नबिल बैङ्कले मङ्गलबारदेखि एकसाथ देशका विभिन्न १२ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैङ्कले मङ्गलबारदेखि दुर्गम तथा पिछडिएका १२ स्थानमा एक साथ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्याल र.....
नेपाल राष्ट्र बैङ्कले सीमित बैङ्किङ कारोबार गर्ने सहकारी संस्थाहरुलाई खारेज गरेको छ । सोमबार परिपत्र गर्दै राष्ट्र बैङ्कले आफैले यसअघि सीमित बैङ्किङ कारोबार गर्न अनुमति दिएका सहकारी संस्थाहरुलाई वित्तीय कारोबारबाट हटाएको हो । नयाँ आर्थिक वर्ष २०७५–७६ सुरु भएसँगै मङ्गलबारदेखि ती सहकारीको राष्ट्र.....