बैङ्किङ


पूर्वाधार आयोजनामा विदेशी मुद्रामा सापटी ल्याउन पाइने

पूर्वाधार आयोजनामा विदेशी मुद्रामा सापटी ल्याउन पाइने

३२ असार २०७५, सोमबार १३:०६

पूर्वाधार विकास निर्माणका आयोजनाहरुले विदेशबाट सापटी ल्याउन पाउने भएका छन् । चालू आर्थिक वर्ष सकिने अन्तिम दिन पूर्वाधार विकास निर्माणका आयोजनाहरुलाई सहुलियत हुने गरी नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रामा सापटी ल्याउन बाटो खोलिदिएको हो । यसरी ल्याएको सापटी रकम नेपालमा सञ्चालन भइरहेका पूर्वाधार.....

हाम्रो विकास र ज्योति विकासबीच मर्जर हुने

हाम्रो विकास र ज्योति विकासबीच मर्जर हुने

३२ असार २०७५, सोमबार १२:५१

हाम्रो विकास बैङ्क र ज्योति विकास बैङ्कबीच मर्जर हुने भएको छ । यसअघि हाम्रो विकास बैङ्क र झिमु्रक विकास बैङ्कबीच मर्जर हुने चर्चा थियो । तर, स्वाप रेसियोमा कुरा नमिलेपछि हाम्रो विकास बैङ्क मर्जर प्रक्रियाबाट पछाडि हटेको थियो । हाम्रोको आइतबारको सेयर मूल्य प्रतिकित्ता १ सय ३३ रुपैयाँमा कारोबार रोकिएको.....

एनआईसी एसिया बैङ्कको एकै साथ दुई शाखारहित बैङ्किङ सेवा

एनआईसी एसिया बैङ्कको एकै साथ दुई शाखारहित बैङ्किङ सेवा

३२ असार २०७५, सोमबार ११:०६

एनआईसी एसिया बैङ्कले एकै साथ तनहूँका दुई स्थानमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्कले शुक्लागण्डकी नगरपालिकाको साँखे बजार र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधाैं र पन्ध्राैं शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको हो । बैङ्कले असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको साँखे बजारको सेवाको उद्घाटन.....

राम्रो कमाइ गर्ने २० प्रतिशत युवा बैङ्कमा पुग्दैनन्

राम्रो कमाइ गर्ने २० प्रतिशत युवा बैङ्कमा पुग्दैनन्

३१ असार २०७५, आईतवार १५:१३

मुलुकमा राम्रो कमाइ गर्ने वर्गमा पर्ने २० प्रतिशत युवाहरु बैङ्किङ प्रणालीमा जाने गरेका छैनन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकमा कमाइ गर्ने २० प्रतिशत युवा बैङ्कसम्म नपुग्ने गरेको बताएका हुन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा बढेपनि युवा जमात नै वित्तीय प्रणालीमा नजोडिएको.....

सिटिजन्स बैङ्कका ४ नयाँ शाखा

सिटिजन्स बैङ्कका ४ नयाँ शाखा

३१ असार २०७५, आईतवार १२:२७

सिटिजन्स बैङ्कले आइतबारदेखि एकै साथ विभिन्न स्थानमा ४ नयाँ शाखा खोलेको छ । बैङ्कले प्युठानको झिमरुक, पूर्वी रुकुमको भूमे, हुम्लाको नाम्खा तथा आछामको ढकारीमा शाखा खोलेको हो । सबै नेपालीले बैङ्क खाता सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्दै बैङ्कले नयाँ शाखा स्थापना गरेको जनाएको छ । चालू आवमा बैङ्कले विभिन्न.....

मेगा बैङ्कको सञ्चालक समिति अध्यक्षमा शाह

मेगा बैङ्कको सञ्चालक समिति अध्यक्षमा शाह

३१ असार २०७५, आईतवार ११:०५

मेगा बैङ्कको सातौं साधारणसभाले सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरेएको छ । बैङ्कको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैङ्क नेपालको अग्रणी बैङ्क बन्न सफल भएको बताए । उनले मेगा बैङ्कलाई अझै सुविधा सम्पन्न र बैङ्किङ सुविधाबाट वञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने.....

धितो मूल्याङ्कनमा एकरुपता ल्याइने

धितो मूल्याङ्कनमा एकरुपता ल्याइने

२८ असार २०७५, बिहीबार १६:०८

सरकारले धितो मूल्याङ्कनमा एकरुपता ल्याउने भएको छ । राष्ट्र बैङ्कले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै धितो मूल्याङ्कनमा एक रुपता ल्याउने घोषणा गरेको हो । घर जग्गा तथा धितोको मूल्याङ्कन एकरुपता नहुँदा धितोमा आधारित रहेर ऋण दिने बैङ्क तथा वित्तीय संस्थाहरु समस्यामा पर्दै आएका थिए । धितोको मूल्याङ्कन.....

सेयर बजारमा कडाई, ऋण पाउने सीमा घट्यो

सेयर बजारमा कडाई, ऋण पाउने सीमा घट्यो

२८ असार २०७५, बिहीबार १४:५८

नेपाल राष्ट्र बैङ्कले सेयरधितोमा पाउने ऋणको सिमा घटाएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्दै प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई २५ प्रतिशतमा झारेको हो । ऋणको सीमा घटाएको राष्ट्र बैङ्कले मार्जिन कल हुने व्यवस्थालाई भने सहज बनाएको छ । सेयर धितोमा लिइएको कर्जामा मार्जिन.....

प्रविधिमा फड्को मार्दै बैङ्किङ क्षेत्र, मोबाइल बैङ्किङ प्रयोगकर्ता ४० लाख

प्रविधिमा फड्को मार्दै बैङ्किङ क्षेत्र, मोबाइल बैङ्किङ प्रयोगकर्ता ४० लाख

२८ असार २०७५, बिहीबार १२:२९

नेपाल राष्ट्र बैङ्कले नेपालमा मोबाइल बैङ्किङका ग्राहकको सङ्ख्या ४० लाख र इन्टरनेट बैङ्किङका ग्राहक ७ लाख ८४ हजार रहेको जनाएको छ । बुधबार राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङका ग्राहक सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गरेको छ । यस्तै हाल २ हजार ६ सय २४ ग्राहकले.....

मौद्रिक नीतिको सन्देश : ऋणीलाई फाइदा सेयरधनीलाई घाटा

मौद्रिक नीतिको सन्देश : ऋणीलाई फाइदा सेयरधनीलाई घाटा

२७ असार २०७५, बुधबार १९:१०

नेपाल राष्ट्र बैङ्कले कर्जा लिने (ऋणी)लाई राहत र लगानीकर्तालाई आहत हुने किसिमले मौद्रिक नीति ल्याएको छ । खासगरी बैङ्कहरुले कर्जामा लिने ब्याज र निक्षेपमा दिने ब्याजबीचको अन्तर (स्प्रेड रेट) ४.५ प्रतिशत कायम हुनुपर्ने व्यवस्थाले दीर्घकालमा ऋणीलाई फाइदा हुनेछ भने लगानीकर्तालाई घाटा हुनेछ । स्प्रेड दरका.....