समाचार


एनसेलको मुख्यालयमा अज्ञात समूहद्धारा बम विष्फोटः तीन घाइते, दुई गम्भीर

एनसेलको मुख्यालयमा अज्ञात समूहद्धारा बम विष्फोटः तीन घाइते, दुई गम्भीर

१० फाल्गुन २०७५, शुक्रबार २०:३२

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट भएको छ। अज्ञात समूहले शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा शक्तिशाली बम बिस्फोट गराएको हो। बम बिस्फोटमा परी २ जना स्टाफ नर्ससहित ३ जना गम्भीर घाइते भएका छन्। घाइतेको मेडसिटी अस्पतालमा उपचार भइरहेको छ। एसएसपी रविन्द्र धानुकका अनुसार विस्फोटमा.....

काठमाडौंको कपनबाट ४ चोर पक्राउ

काठमाडौंको कपनबाट ४ चोर पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार १६:२५

काठमाडौं । चोरीमा संलग्न ४ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनको प्रहरी टोलीले कपनका विभिन्न स्थानमा चोरी गरी फरार रहेका काभ्रेका जोन गुरूङ, रन्जित निगाल, विवेक निगाल र नवलपरासीका हरि चौधरीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट विभिन्न ब्रान्डका मोबाइल २८ थान,.....

सस्तोमा डलर साटिदिने भन्दै लुटपाट गर्ने ३ जना पक्राउ

सस्तोमा डलर साटिदिने भन्दै लुटपाट गर्ने ३ जना पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार १६:१५

काठमाडौं । कागजलाई विदेशी मुद्रा भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार काठमाडौंको गोङबुबाट सस्तो मूल्यमा विदेशी मुद्रा साटिदिने बहानामा ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली डकाहा सिरतोली गाउपालिका ९ का धर्मसिंह.....

घुस नदिए सरुवा गरिदिने भन्दै रकम असुली गर्ने जेलर अख्तियारको फन्दामा

घुस नदिए सरुवा गरिदिने भन्दै रकम असुली गर्ने जेलर अख्तियारको फन्दामा

१० फाल्गुन २०७५, शुक्रबार १५:५४

काठमाडौं । घुस नदिए सरुवा गरिदिने भन्दै चौकीदारबाट रकम असुल्ने मकवानपुर भीमफेदी कारागारका जेलर मदन अधिकारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । चौकीदारलाई सरुवा गरिदिने भन्दै धम्की दिएर असुलेको ७५ हजार रुपैयाँसहित जेलर अधिकारीलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर.....

युएई सस्तैमा समेटियो, नेपाललाई ४२ रनको लक्ष्य

युएई सस्तैमा समेटियो, नेपाललाई ४२ रनको लक्ष्य

१० फाल्गुन २०७५, शुक्रबार १०:१५

काठमाडौं। थाइल्याण्डमा जारी आईसीसी टी–२० तथा एकदिवसीय महिला विश्वकप छनोटमा नेपालले युएईबाट ४२ रनको लक्ष्य पाएको छ। बैंककमा टस जितेर पहिले ब्याटिङ गर्दै युएईले १७ ओभर तीन बलमा ४१ रनमा समेटियो। नेपाली बलरसामू टिक्न नसकेका युएईले १० रन हुँदा तीन  महत्वपूर्ण विकेट गुमाएको थियो। थप एक रन जोड्दा चौथो विकेट.....

जुगल हिमाल आरोहण गुरुङले नेतृत्व गर्ने

जुगल हिमाल आरोहण गुरुङले नेतृत्व गर्ने

१० फाल्गुन २०७५, शुक्रबार ०८:१२

मेलम्ची। जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ। जुगल गाउँपालिका र प्रदेश नं ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । आरोहण.....

जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला

जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला

१० फाल्गुन २०७५, शुक्रबार ०८:०८

परासी । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा.....

लुम्बिनी विकासको घोषणा

लुम्बिनी विकासको घोषणा

१० फाल्गुन २०७५, शुक्रबार ०८:०२

रूपन्देही । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासका लागि अगुवाइ गर्ने घोषणा गरेका छन्। सदस्य भट्टराईकै अगुवाइमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग हस्तान्तरणका लागि बिहीबार लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा उनले बुद्धको जन्मस्थल भए पनि लुम्बिनीको विकास हुन नसकेकाले.....

लोकतन्त्रकलीको छावा जन्मियो

लोकतन्त्रकलीको छावा जन्मियो

१० फाल्गुन २०७५, शुक्रबार ०७:५७

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएको छ। बिहान ४:१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरूषोत्तम पाण्डेले जानकारी दिए। उनका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा.....

चेल्सी यूराेपा लिगकाे प्रिक्वाटरफाइनलमा

चेल्सी यूराेपा लिगकाे प्रिक्वाटरफाइनलमा

१० फाल्गुन २०७५, शुक्रबार ०५:२५

चेल्सी युरोपा लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको अन्तिम ३२ को खेलमा माल्मोलाई ३-० गोल अन्तरमा हराउँदै समग्रमा पाँच एकको जितसहित चेल्सी अन्तिम १६ मा पुगेको हो। पहिलो लेगमा २-१को अग्रता बनाएको चेल्सीले घरेलु मैदानमा तीन शून्यको सहज जित निकालेको हो। १० खेलाडीमा समेटिएको माल्मो विरुद्धको.....