समाचार


हिउँ परेपछि ढोरपाटन क्षेत्र सेताम्मे, जनजीवन प्रभावित

हिउँ परेपछि ढोरपाटन क्षेत्र सेताम्मे, जनजीवन प्रभावित

१ फाल्गुन २०७४, मंगलवार १३:१३

पश्चिम बागलुङको ढोरपाटन क्षेत्रमा हिमपात भएको छ । सोमबार बिहानदेखि मौसममा आएको परिवर्तनका कारण ढोरपाटन, निसी, तमानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात परेपछि ती क्षेत्र सेताम्मे बनेका छन् । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । ढोरपाटनका.....

४९ जना उद्यमीलाई अनुदान

४९ जना उद्यमीलाई अनुदान

१ फाल्गुन २०७४, मंगलवार ११:५९

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब २५ लाख रुपैयाँ बराबरको अनुदान सहयोग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि २४ लाख ८७ हजार ७५० रुपैयाँ.....

सामसुङ् मोबाइल एक्सचेन्ज मेला

सामसुङ् मोबाइल एक्सचेन्ज मेला

१ फाल्गुन २०७४, मंगलवार ११:५०

हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सञ्चालित सातओटा सामसुङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना मोबाइलसँग सामसुङ्का नयाँ र आधुनिक प्रविधिका स्मार्ट फोन एक्सचेञ्ज गर्न सकिने कम्पनीले बताएको छ । मेला फेब्रुअरी ८ देखि १८ तारिकसम्म चल्ने कम्पनीले जानकारी.....

ग्लोबल आइएमई बैङ्कको ६९औँ शाखारहित बैङ्किङ् सेवा रोल्पामा

ग्लोबल आइएमई बैङ्कको ६९औँ शाखारहित बैङ्किङ् सेवा रोल्पामा

१ फाल्गुन २०७४, मंगलवार ११:२६

ग्लोबल आइएमई बैङ्कले २०७४ माघ २९ गते सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । बैङ्कले स्थानीय कमल घर्ती मगरलाई.....

वृद्धभत्ता बढाउनुपर्ने माग

वृद्धभत्ता बढाउनुपर्ने माग

२९ माघ २०७४, सोमबार १२:०१

ज्येष्ठ नागरिकले वृद्धभत्ता बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । अहिले पाउँदै आएको दुई हजार रुपैयाँ भत्ता पुनरवलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन् । ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत.....

उद्योगमा आगलागी हुँदा १० लाख क्षति

उद्योगमा आगलागी हुँदा १० लाख क्षति

२८ माघ २०७४, आईतवार १५:१८

भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले.....

प्रम देउवाद्वारा चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन

प्रम देउवाद्वारा चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन

२८ माघ २०७४, आईतवार १२:०२

प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरे । त्यस अवसरमा प्रम देउवाले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युतको प्रचूर विकास गर्न.....

बाटो निर्माणमा सांसद मोहन आचार्यले दिए स्काभेटर र डोजर

बाटो निर्माणमा सांसद मोहन आचार्यले दिए स्काभेटर र डोजर

२८ माघ २०७४, आईतवार ११:३९

रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियान सुरु गरेका छन् । हालै लामाटोलबाट चित्रेपानी जोड्ने सडक निर्माण कार्यको सांसद आचार्यले उद्घाटन गरे । रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलमा आयोजित एक कार्यक्रममा सांसद आचार्यले.....

‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार शर्मा सम्मानित

‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार शर्मा सम्मानित

२७ माघ २०७४, शनिबार १८:३८

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट जमुना शर्मा ‘वर्षा’ सम्मानित भएकी छिन् । प्राज्ञ तीर्थ श्रेष्ठले रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले उनलाइ सम्मान गरे। पोखरा लेखनाथ महानगरपालिका–५ प्रस्याङ निवासी सूवर्ण कोइराला तथा.....

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

२६ माघ २०७४, शुक्रबार १५:३७

  चितवन नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, ‘अहिलेको जन अभिमत वाम गठबन्धनलाई.....