समाचार


एक करोड बक्यौता रकम असुल गर्न बाँकी

एक करोड बक्यौता रकम असुल गर्न बाँकी

१६ माघ २०७४, मंगलवार १६:२३

खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म एक करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व सङ्कलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट एक करोड.....

तरकारीमा विषादीको अवशेष कम हुँदै

तरकारीमा विषादीको अवशेष कम हुँदै

१६ माघ २०७४, मंगलवार १६:०६

देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ । नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए । साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर.....

भोलि बुधबारको चन्द्रग्रहण १ सय ५२ वर्षपछिको खगोलीय घटना

भोलि बुधबारको चन्द्रग्रहण १ सय ५२ वर्षपछिको खगोलीय घटना

१६ माघ २०७४, मंगलवार १५:२७

माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय.....

भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै छ हजारले दिए पुनःनिवेदन

भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै छ हजारले दिए पुनःनिवेदन

१६ माघ २०७४, मंगलवार १५:०७

भूकम्पले घर भत्काएको तर लगत सङ्कलनमा आफ्नो नाम छुटेको भन्दै चितवनका पाँच हजार ७ सय २४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् । कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३ सय ६४ ओटा र रत्ननगर नगरपालिकाबाट ९ सय ८७ निवेदन प्राप्त.....

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

१६ माघ २०७४, मंगलवार ११:१०

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटघाटका लागि आगामी साता दुईदिने नेपाल भ्रमण गर्ने भएकी छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो । विदेश मन्त्रालयले दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरूप.....

बैङ्क नहुँदा काम गर्न कठिनाइ

बैङ्क नहुँदा काम गर्न कठिनाइ

१५ माघ २०७४, सोमबार १५:५१

काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैङ्किङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता छ । जिल्लामा रहेका सात गाउँपालिकामध्ये.....

जनतासामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ– अध्यक्ष दाहाल

जनतासामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ– अध्यक्ष दाहाल

१५ माघ २०७४, सोमबार १३:४१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका.....

सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

१५ माघ २०७४, सोमबार १२:५९

सामसुङले बिहीबार भारतमा नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ । उक्त ट्याब कम्पनीको सबैभन्दा टिकाउमध्ये एक हुने बताइएको छ । ग्यालेक्सी ए७ ट्याबलेट २३ जनवरीदेखि भारतीय बजारमा उपलब्ध हुने जनाइएको छ । यसको खुद्रा मूल्य ७ हजार पाँच सय भारतीय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । दक्षिण कोरियाली.....

दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौंमा

दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौंमा

१५ माघ २०७४, सोमबार ११:४९

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ(साफा) सम्मेलन आगामी माग १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यस वर्ष नेपालमा गरिने भएको हो । ’साफाको चेयर जुन राष्ट्रको हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने.....

अमेजनको नयाँ अफिस स्फियर र यसका मुख्य विशेषता

अमेजनको नयाँ अफिस स्फियर र यसका मुख्य विशेषता

१४ माघ २०७४, आईतवार १५:४७

सात वर्षको योजना र निर्माणपछि अमेजनको नयाँ कार्यालय तयार भएको छ । अमेरिकाको सियाटलस्थित यो गेलाकार कार्यालयको उद्घाटन २९ जनवरीमा हुनेछ । अनौठो र यसमा भएका विशेषताले अहिले निकै चर्चामा छ । यसका केही मुख्यमुख्य आकर्षण र विशेषता हेरौं । बर्खायाममा जङ्गलमा बसेको अनुभूति अमेजनका कर्मचारी अब अफिसभित्र.....