मोबाइल व्यवसायमा पायोनियर रहेको आईएमएस समूहले हाइड्रोपावरमा हात हालेको छ । समूहले हाइड्रोपावर निर्माणका लागि अप्पर बुढीगण्डकीको लाइसेन्स लिएको हो । ३ सय ६० मेगावाट क्षमताको अप्पर बुढीगण्डकीको लाइसेन्स लिएर अहिले अध्ययनको काम भइरहेको समूहले जनाएको छ । बुढीगण्डकीभन्दा ११ किलोमिटर माथि रहेको अप्पर.....
सरकारले कुन कानुनमा आधारित भएर कर तिर्ने भनेर व्यवसायीलाई प्रस्ट्याउन नसक्दा कर कसरी तिर्ने भन्नेमा अन्योलता बढेको छ । आयकर ऐन २०५८ मा आयकर २० प्रतिशत लाग्ने र औद्योगिक व्यवसाय ऐन २०७३ मा ४ प्रतिशत छुट दिने उल्लेख गरेकाले कानुनी सङ्कट निम्तिएको हो । पुस मसान्तभित्र आयकर बुझाइसक्नुपर्ने छ, तर सरकारले.....
त्रिशुलीको विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रु पाँच अर्बको लगानीमा १९.४१ मेगावाट क्षमताको जलविद्युत् परियोजना तयार हुने भएको छ । सो आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । यसका लागि मध्य त्रिशुली गङ्गा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी सार्वजनिक.....
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्ड अन्तर्गतको ग्याल्थुम–सिन्धु खण्डको सुरुङमार्ग साढे दुई महिना सम्पन्न हुने भएको छ । पहिलो चरणमा सिन्धु–सुन्दरीजल खण्डको ९ किमीको सुरुङ छिचोलिएको र दोस्रो चरणमा ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये ८ दशलमव २ किमी सुरुङ बनिसकेको हो । अब ४ सय ४३ मिटर मात्र.....
नेपालको पूर्वाधार निर्माणमा काम गर्नेभन्दा नगर्नेहरूलाई पक्षपोषण गर्ने कानुन क्रियाशील भएसम्म पूर्वाधारको यथार्थ विकास नहुने यसका विज्ञहरूले दाबी गरेका छन् । उनीहरूले काम गर्नेलाई उचित प्रोत्साहन र नगर्नेलाई कारवाही (पेनाल्टी)को व्यवस्था नभएसम्म पूर्वाधार निर्माण छिटो र गुणस्तरिय नहुने बताएका छन्.....
बेइजिङ : चीनले उत्तर कोरियालाई तेल बेचेको भन्ने अमेरिकी आरोपलाई शुक्रबार खण्डन गरेको छ । ‘यो आधारहीन तथ्य हो’, उसले भनेको छ, ‘चीनले कहिल्यै पनि आफ्ना देशका व्यापारिक कम्पनीहरुलाई राष्ट्रसङ्घीय प्रतिबद्धता उल्लङघन गर्न दिनेछैन ।’ चीनले सदैव यूएनका प्रतिबद्धताहरुलाई पूर्णरुपमा लागू गरेको छ, यदि साच्चै.....
थाइल्यान्डको थाई एयरवेजले नेपालमा दैनिक दुई उडान गर्ने योजना बनाएको छ । हाल सातामा सात दिन नै उडान गरिरहेको एयरवेजले एक वर्षभित्र दैनिक दुई उडान गर्ने तयारी गरेको हो । थाइल्यान्डको बैङ्ककमा मिस नेपाल टिम र पर्यटन व्यवसायीसँगको भेटमा थाई एयरवेजका रेभेन्यू म्यानेजमेन्ट तथा कमर्सियल सर्भिस विभागका भाइस.....
पर्सा जिल्लको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोजन गरेको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ.....
भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि रु ७५ लाख विनियोजन गरिएको छ । चिया किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्न सो रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । चिया खेतीका लागि प्रशस्त सम्भावना बोकेको भोजपुरमा अझैसम्म व्यावसायिक रुपमा चिया खेती विस्तार नभइसकेको स्थानीयवासी.....
करिब सात करोड खर्चेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ । कालीगण्डकी किनार स्नान गर्न जाने पदमार्ग, क्याम्पिङ स्थल, खेलमैदान, बालउद्यान, प्रवेशद्वार, शिवलिङ्ग, तटबन्धलगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको चाप बढेकाले धर्मशालाको क्षमत्ता.....