बैङ्किङ


सेयर बजार सुधारले मर्चेन्ट बैङ्कर म्युचुअल फन्ड निष्कासन गर्न हौसिए, ५८५ करोडको आउँदै

सेयर बजार सुधारले मर्चेन्ट बैङ्कर म्युचुअल फन्ड निष्कासन गर्न हौसिए, ५८५ करोडको आउँदै

१२ जेष्ठ २०७६, आईतवार १९:००

काठमाडौं । सेयर बजारमा सुधार आउन थालेपछि वाणिज्य बैङ्कका सहायक कम्पनी मर्चेन्टर बैङ्करले धमाधम सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्कासन गर्न थालेका छन् । पाँच ओटा मर्चेन्ट बैङ्करले ५ अर्ब ८५ करोड रुपैयाँबराबरका ५८ करोड ५० लाख एकाई म्युचुअल फन्ड निष्कासनको तयारी गरेका हुन् । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले.....

लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैङ्कमा, असार २० भित्रै दुई वर्षको साधारणसभा गर्ने एनसीसी बैङ्कको तयारी

लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैङ्कमा, असार २० भित्रै दुई वर्षको साधारणसभा गर्ने एनसीसी बैङ्कको तयारी

१२ जेष्ठ २०७६, आईतवार १५:००

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कले असार २० गतेभित्रै २ आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । एनसीसीले आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ को वार्षिक साधारणसभा एकै पटक गर्ने लागेको हो । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैङ्कमा गएको र स्वीकृत भएको एक महिनाभित्र दुई आर्थिक.....

बैङ्कमा जनताको १७ खर्ब, कसको कति ?

बैङ्कमा जनताको १७ खर्ब, कसको कति ?

१२ जेष्ठ २०७६, आईतवार १२:३५

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ११.५ प्रतिशत बढेको छ । गत चैतसम्म बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १७ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत निक्षेप १ खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँ थप भएको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । गत वर्षको.....

बोनस सेयर वितरण नगरी साधारणसभा बोलाउन ओम डेभलपमेन्ट राष्ट्र बैङ्क पुग्यो

बोनस सेयर वितरण नगरी साधारणसभा बोलाउन ओम डेभलपमेन्ट राष्ट्र बैङ्क पुग्यो

१२ जेष्ठ २०७६, आईतवार ११:२३

काठमाडौं । ओम डेभलपमेन्ट बैङ्कले प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर वितरण नगर्नका लागि नेपाल राष्ट्र बैङ्कसंग अनुमति मागेको छ । एनएमबी बैङ्कसंग समझदारीपत्रमा हस्ताक्षर गरेपछि स्वाप रेसियोमा असर पर्ने भन्दै बोनस सेयर वितरण नगर्ने प्रस्ताव स्वीकृतिका लागि अनुरोध गरको हो । ओमले वोनस सेयर वितरण नगर्ने.....

नागरिक लगानी कोषले बैङ्कहरुलाई ६ अर्ब २१ करोड ९० लाख दिने

नागरिक लगानी कोषले बैङ्कहरुलाई ६ अर्ब २१ करोड ९० लाख दिने

१२ जेष्ठ २०७६, आईतवार ०९:००

काठमाडौं । वाणिज्य बैङ्कहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को अभाव झेलिरहेका बेला नागरिक लगानी कोषले पैसा दिने भएको छ । लगानी कोषले वाणिज्य बैङ्कहरुलाई ६ अर्ब २१ करोड ९० लाख रुपैयाँ दिने भएको हो । कोषले सो रकम एक वर्षका लागि मुद्धतिमा राख्न लागेको हो । बैङ्कलाई आफुे लिन लागेको रकम, ब्याजदर र भुत्तानी.....

वाणिज्य बैङ्कहरुले बजारबाट १३४० करोड  उठाउँदै, कसले कति (सूचिसहित)

वाणिज्य बैङ्कहरुले बजारबाट १३४० करोड उठाउँदै, कसले कति (सूचिसहित)

११ जेष्ठ २०७६, शनिबार १५:००

काठमाडौं । लगानीका लागि थप स्रोत जुटाउन ५ ओटा वाणिज्य बैङ्कहरुले १३ अर्ब ४० करोड रुपैयाँ बराबरको १३ करोड ४० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएका छन् । ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ । नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, प्रभु, हिमालय र माछापुच्छे बैङ्कले ऋणपत्र निष्कासन गर्न.....

प्रभु बैङ्कको नयाँ शाखा चन्द्रौटामा

प्रभु बैङ्कको नयाँ शाखा चन्द्रौटामा

१० जेष्ठ २०७६, शुक्रबार १७:३४

कपिलवस्तु । प्रभु बैङ्क लिमिटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहबीच बैङ्कको चन्द्रौटा शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि मेयर अधिकारीले प्रभु.....

मुक्तिनाथ बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य

मुक्तिनाथ बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य

१० जेष्ठ २०७६, शुक्रबार १७:०४

काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्य मुक्तिनाथ बैङ्कमा नियुक्त हुनुअघि गण्डकी विकास बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुमा उनको करीब १८ वर्षको अनुभव छ.....

सिभिल बैङ्कको शाखा अब झापाको अर्जुनधारामा

सिभिल बैङ्कको शाखा अब झापाको अर्जुनधारामा

१० जेष्ठ २०७६, शुक्रबार १६:५८

काठमाडौं । सिभिल बैङ्क लिमिटेडले झापा जिल्लाको अर्जुनधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले बैङ्कको उपस्थितिबिना सङ्घीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । उनले बैङ्कको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको.....

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

१० जेष्ठ २०७६, शुक्रबार १५:४०

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आठ अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय.....