काठमाडौं : सार्वजनिक तथा निजी क्षेत्रको बृहत् लगानीमा स्थापना भएको पूर्वाधार बैङ्क सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । बैङ्कले आवश्यक भौतिक पूर्वाधारको काम सकेको छ । नेपाल राष्ट्र बैङ्कको टोलीले बैङ्क सञ्चालन अनुमतिका लागि बुधबार नै भौतिक पूर्वाधार निरीक्षणको काम सकेको छ । राष्ट्र बैङ्कले.....
काठमाडौं : वाणिज्य बैङ्कले विदेशी लगानीकर्ताको ऋण व्यवस्थापक (एजेन्ट) का रुपमा काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहीबारदेखि वाणिज्य बैङ्कलाई विदेशी लगानीकर्ताको साँवाब्याज असुली तथा समस्याग्रस्त ऋणीको ऋण व्यवस्थाकको रुपमा काम गर्न अनुमति दिएको छ । नेपालमा उद्योगलगायत विभिन्न परियोजनामा.....
स्वावलम्बन विकास केन्द्रको आयोजनामा दुई दिने दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । देशभरका लघुवित्त सदस्यसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित यही मङ्सिर १५ र १६ गते राष्ट्रिय सम्मेलन हुन लागेको हो । नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देश भरका लघुवित्त सदस्यलाई एक साथ.....
नेपाल राष्ट्र बैङ्कले आफ्नो निर्देशन कार्यान्वयन नगरेको भन्दै तीन ओटा वाणिज्य बैङ्कलाई कारवाही गरेको छ । खासगरी केन्द्रीय बैङ्कले तोकेको अनुपातमा अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेपछि गत आर्थिक वर्ष (२०७४/७५)मा ती बैङ्कलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा लक्ष्मी बैङ्क, मेगा बैङ्क नेपाल र कुमारी.....
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने भएको हो । १० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर तथा १० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँ (कर प्रयोजनसहित).....
काठमाडौं : मलेसियाको म्याक्स मनी रेमिट्यान्स कम्पनीबाट इजाजत पाएका रेमिट्यान्स कम्पनीले उक्त संस्थासँग कारोबार गर्न नपाउने भएका छन् । कम्पनीले रेमिट्यान्स कारोबार बापत नेपाल राष्ट्र बैङ्कलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेकाले उक्त कम्पनीसँग अन्य कम्पनीले कारोबार गर्न नपाउने भएका हुन् । केन्द्रीय.....
काठमाडाैं : नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल भारत सीमामा रहेका ७ ओटा भन्सार कार्यालयमा प्रभु बैङ्कले काउन्टर खोली बैङ्किङ कारोबार सुरु गरेको छ । सो सम्बन्धी सम्झौंतामा मङ्गलबार एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले.....
काठमाडाैं : गत आर्थिक वर्ष (२०७४/७५) को नाफाबाट लगानीकर्तालाई सूचीकृत कम्पनीहरुले लाभांश दिने क्रम जारी छ । यो सूची पनि गतवर्षको नाफाबाट वाणिज्य बैङ्कहरुले दिएको लाभांशको दर र प्रतिकित्ता सेयरमूल्य लगानीकर्ताले कसरी लाभांश पाइरहेका छन् भन्ने विवरण हो । अहिलेसम्म ६ दर्जन कम्मनीले लाभांश घोषणा गरे पनि.....
दाङ : दाङको राप्ती गाउँपालिका ५ कालापानी स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरी फरार रहेकी सोही गाउँपालिका ५ पहरुवा का २६ वर्षीया रमिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीकी सञ्चालक समेत रहेकी चौधरीलाई प्रहरीले सोमबार भालुवाङबाट पक्राउ गरेको हो । पक्राउ.....