उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई ४२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४० दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएदेखि देखिएको समस्यालाई नेप्सेले बेवास्ता गर्दै आएको छ । मङ्गलबार १३ अङ्कले बढेको बजारलाई नेप्सेको साइटमा शतप्रतिशत घटेको देखिएको छ भने परिसूचक शून्य देखिएको छ । नेप्सेको साइटमा हिजो सोमबार.....
अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको चौथो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अङ्कले बढेको छ । नेप्सेमा कारोबार भएका ९ समूहमध्ये ८ समूहमा सुधार आउँदा बजार बढेको हो । आज नेप्सेमा फाइनान्स समूहबाहेक सबै समूह बढेका छन् । आज फाइनान्स शून्य दशमलव २५ अङ्कले घटेको छ । नेप्से बढेको दिन मङ्गलबार.....
बहुप्रतीक्षित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि नेपाली पुँजी बजारमा एक खालको क्रान्ति आएको छ । पुँजी बजारलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले पुँजी बजारमा हलचल मच्चाएको छ । अनलाइन सञ्चालनमा आएको तीन दिनमा नेप्से घटेर १ हजार २ सय अङ्कभन्दा तल झरेको.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई असफल बनाउने खेलमा दुई÷चार ब्रोकर कम्पनी लागेको लगानीकर्ताले बताएका छन् । पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजार आफ्नो हातबाट फुत्किने हुँदा त्यस्ता ब्रोकर कम्पनीले नेप्सेलाई पूर्णरुपमा असहयोग गरेको लगानीकर्ताले.....
सेयर बजार सुधारका लागि सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीमा समस्या आउँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ हजार २ सय अङ्कभन्दा तल आएको छ । अनलाइन कारोबार सुरु भएको तेस्रो दिनसम्म आइपुग्दा नेप्से घट्दै पुरानै बाटोमा फर्किएको छ । १ हजार २ सय ५ दशमलव ६८ अङ्कबाट सुरु भएको परिसूचक १३ दशमलव.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन काराेबारमा तत्काल राफसाफ तथा फर्छ्याेट सम्भव नभएको बताएको छ । क्लियरिङ बैङ्कले रकमको विद्युतीय स्थानान्तरणलाई सहज बनाएको अवस्थामा मात्र तत्काल राफसाफ हुने उसको भनाइ छ । हाल लगानीकर्ताले तत्काल राफसाफ तथा फर्छ्याेटको माग गरिरहे पनि त्यसका लागि क्लियरिङ बैङ्कले.....
अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि सेयर बजारमा कारोबार गर्दै आएका ब्रोकर कम्पनी र लगानीकर्तामा अन्यौलता छाएको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि प्रयोग भए पनि नेपालमा पहिलो पटक भित्रिएको अनलाइन कारोबार प्रणालीले लगानीकर्ता र ब्रोकरलाई अलमलमा पारिदिएको हो । फलस्वरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको दिन आइतबार परिसूचक १७ दशमलव ३१ अङ्कले घट्दा करिब १० करोड रुपैयाँबराबरको कारोबार भएको छ । अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा सञ्चालनमा आए पनि कार्यान्वयनमा समस्या आउँदा बजारले एकाएक घट्दो क्रम लिएपछि कारोबार रकमसमेत खुम्चिएको हो । आज कारोबार खुलेदेखि.....
स्ट्याण्ड चार्टर्ड बैङ्कले आफ्ना लगानीकर्तालाई १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले विगत ५ वर्षमा पहिलो पटक नगद लाभांश दिने घोषणा गरेको हो । गत आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको बैङ्कले शनिबार लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब.....