एस फाइभ रुटमा यातायात सञ्चालन कार्य फेरि पछि धकेलिएको छ । गत बैशाखमै सञ्चालन हुनुपर्ने दिगो यातायात प्रालि असार २९ गते सारिएको थियो । तर २९ गते पनि सञ्चालन नहुने भएको छ । गोंगबु–सिनामङ्गल–मैतीदेवी चल्ने भनिएको ५० सिटे बस यातायात व्यवस्था विभागकै लापरबाहीका कारण सञ्चालनमा आउन नसकेको प्रालिका सचिव लालप्रसाद.....
३३ किलो सुन तस्कर र सनम शाक्य हत्याकाण्ड अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले छानबिनका लागि कान्तिपूर होलिडेजमा सिलबन्दी गरेको छ । अनुसन्धान समितिले ३३ किलो र त्यसअघि तथा पछि भएको सुन तस्करमा ठूलै समूह रहेकाले पक्राउ परिसकेका व्यक्ति तथा फरार व्यक्तिहरुसँग लेनदेन भएको कम्पनी तथा व्यक्तिमाथी.....
उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ)मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश.....
सरकारले आगामी साउनदेखि दूध र पानीको गुणस्तर नियन्त्रणलाई मिसनको रुपमा अगाडि बढाउने भएको छ । लामो समयदेखि दूध तथा पानी उद्योगले गुणस्तर कायम गर्न आनाकानी गर्दै आएको र गुणस्तरसम्बन्धी निर्देशिका पालना नगरेकाले गुणस्तर नियन्त्रण अभियानलाई थप चुस्त दुरुस्त बनाउन लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण.....
डिश मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । सञ्चालक समितिको बैठकले देवीप्रकाश भट्टचनले दिएको राजिनामा स्वीकृत गरि ढकाललाई अध्यक्षमा चयन गरेको हो । ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक हुन । उनि यस अघि डिश मिडिया नेटवर्कको सञ्चालक समिति सदस्य थिए । यस्तै डिश होमको प्रवन्ध निर्देशकमा सुदिप.....
निजि क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज आज काठमाडौं आएको हो । बुद्ध एयरले भित्र्याएको यो जहाज ११ औ हो । सो जहाज फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान.....
कुनै समय थियो– जतिबेला आफ्ना प्रिय सर्जकको गीति एल्बम रेकर्ड भएको खबर सुन्नासाथ हामी व्यग्र भएर पर्खिन्थ्यौं । पसलमा आएपछि नगद तिरेर क्यासेट किन्थ्यौं । क्यासेटको युग सकिएपछि सीडी वा डीभीडीमा उक्लियौं । अहिले सीडी र डीभीडीको युग सकिएर पेनड्राइभ, हार्डड्राइभ र मोबाइल युग शुरु भएको छ । हामीले पैसा तिरेर.....
प्रविनबहादुर पाण्डेको अध्यक्षतामा स्कल क्लब अफ नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । यसैगरी प्रथम उपाध्यक्षमा प्रह्लाद कुँवर, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, कोषाध्यक्षमा श्रवणकुमार राणा र महासचिवमा सञ्जीव पाठक नियुक्त भएका छन् । होटल रेडिसनमा हालै बसेको बैठकले नयाँ कार्यसमिति चयन गरिएको हो.....
प्रुडेन्सियल इन्स्योरेन्सले धनकुटा हिले बजारमा आफ्नो नयाँ शाखा खोलेको छ । आइतबार कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुङ्गानाले नयाँ शाखाको उद्घाटन गरेका छन् । इन्स्योरेन्सका योसँगै ४३ ओटा शाखा कार्यालय पुगेका छन् । यिनीहरूबाट मोटर बिमा, अग्नि बिमा, सामुद्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा.....
लामो समयदेखि गुणस्तर परीक्षणबिनै मदिरा बिक्रीवितरण हुँदै आए पनि अबदेखि सरकारले गुणस्तर परीक्षण गर्ने भएको छ । बियर तथा हाडड्रिङ्क्सको गुणस्तरबारे पटकपटक प्रश्न उठन थालेपछि सरकार आफैंले गुणस्तर परीक्षण गर्ने भएको हो । ‘मदिराको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुन बनाइरहेको.....