समाज


कैलालीको धनगढीबाट व्यापारी अपहरण

कैलालीको धनगढीबाट व्यापारी अपहरण

२३ फाल्गुन २०७५, बिहीबार १७:०४

काठमाडौं । कैलालीको धनगढीका एक व्यापारी अपहरणमा परेका छन् । दुई दिनदेखि परिवारसँग सम्पर्कविहीन धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंह अपहरणमा परेको प्रहरीले जनाएको छ । अपहरणकारीले भारतीय नम्बरबाट टेलिफोन गरेर केही रकम माग गरेको बताइएको छ । उनको खोजीमा प्रहरी टोली परिचालित भएको छ । घटनाका.....

सीके राउतलाई थुनामुक्त गर्न अदालतकाे आदेश

सीके राउतलाई थुनामुक्त गर्न अदालतकाे आदेश

२३ फाल्गुन २०७५, बिहीबार १५:३७

काठमाडाैं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । बिहीबार बन्दीप्रत्यक्षीकरणकाे रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले छोड्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले छोड्ने आदेश दिएको हो । जिल्ला अदालत.....

काङ्ग्रेस पार्टी कार्यालय र गाँउपालिका रोल्पामा बम भेटियो

काङ्ग्रेस पार्टी कार्यालय र गाँउपालिका रोल्पामा बम भेटियो

२३ फाल्गुन २०७५, बिहीबार १४:४४

काठमाडौं । रोल्पामा नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा शंकास्पद बस्तु र रोल्पाकै त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै दुई ओटा सकेट बम फेला परेका छन् । काग्रेस पार्टी कार्यालयमा भेटिएको शंकास्पद बस्तु र त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै फेला परेको सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको रोल्पा.....

हतियार खोज्न विप्लवको गाँउ पुगेका प्रहरीलाई स्थानीयको प्रतिकार

हतियार खोज्न विप्लवको गाँउ पुगेका प्रहरीलाई स्थानीयको प्रतिकार

२३ फाल्गुन २०७५, बिहीबार १४:१५

काठमाडौं । हतियार भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द ‘बिप्लव’का भतिज यादव चन्दको घरमा छापा मार्न खोज्दा स्थानीयबासीले प्रतिकार गरेका छन् । यादव चन्दको घरमा हतियार भएको आशंकामा प्रहरीले छापा मार्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ । स्थानीयबासीले ढुंगामुढा गर्दा.....

काठमाडौंको बसन्तपुरमा भीषण आगलागी

काठमाडौंको बसन्तपुरमा भीषण आगलागी

२३ फाल्गुन २०७५, बिहीबार १३:५२

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित मखन टोलमा भीषण आगलागी भएको छ । बिहीबार अपरान्ह स्थानीय रञ्जु तुलाधरको घरमा आगलागी सुरु भएको र अझैसम्म नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले प्रयास गरिरहेको महानगरीय प्रहरीवृत्त जनसेवाका.....

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

२३ फाल्गुन २०७५, बिहीबार १२:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा आधा घण्टा होल्डमा परेपछि सरकारले छानबिन समिति गठन गरेको छ । फागुन २१ गते प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज निर्धारित समयमा काठमाडौं विमानस्थलमा ल्यान्ड नभई आकाशमै आधा घण्टा होल्ड भएको थियो । भीभीआईपी चढेको.....

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

२३ फाल्गुन २०७५, बिहीबार १२:२७

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसीडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक.....

चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ

चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ

२३ फाल्गुन २०७५, बिहीबार १२:११

काठमाडौं । कैलालीको चिसापानीबाट प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति कैलालीको चिसापानीबाट २ किलो ३ सय ग्राम सुनसहित धनगढी उपमहानगरपालिका १ का ४५ वर्षीय रमेशकुमार सैंजु र कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया सीताकुमारी चौधरीलाई पक्राउ गरिएको.....

कपिलवस्तुमा प्रहरीले गोली हानी ‘विप्लव’ माओवादीका एक कार्यकर्ता नियन्त्रणमा, तीन थान अत्याधुनिक हतियार बरामद

कपिलवस्तुमा प्रहरीले गोली हानी ‘विप्लव’ माओवादीका एक कार्यकर्ता नियन्त्रणमा, तीन थान अत्याधुनिक हतियार बरामद

२३ फाल्गुन २०७५, बिहीबार ११:४०

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा हतियारसहित ‘विप्लव’ माओवादीका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा भागेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले जानकारी दिए । प्रहरीको गोली लागेर दुर्गाबहादुर रोका घाइते भएको प्रहरी प्रमुख पुडासैनीले.....

एसपीसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ प्रहरी थुनामा, एसपी र डीएसपी फरार

एसपीसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ प्रहरी थुनामा, एसपी र डीएसपी फरार

२३ फाल्गुन २०७५, बिहीबार ११:२५

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा जोडिएका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत कन्चनपुरमा मुद्दा दायर भएको छ । घटनामा शंकास्पद भन्दै पक्राउ परेका व्यक्तिलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहितका प्रहरीलाई.....