काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत निजीक्षेत्रका तीन वाणिज्य बैङ्कको लाभांश अहिलेसम्म घोषणा भएको छैन । सेञ्चुरी कमर्सियल बैङ्क, सिभिल बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको लाभांश घोषणा हुन बाँकी छ । त्यसबाहेकका २३ बैङ्कले लाभांश घोषणा तथा १५ बैङ्कले साधारणसभा सम्पन्न गरेका.....
काठमाडौं । एनआईसी एसिया बङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ सय ६४ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो । कम्पनीले गत वर्षको सोही अवधिमा ५७ करोड रुपैयाँ नाफा थियो । यस अवधिमा बैङ्कले ४६ प्रतिशतले निक्षेप संकलन बढाएको छ । यस्तै कर्जा लगानी ४८ प्रतिशतले.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले सनराइज बैङ्कको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । दुगड गत पुस २९ मा भएको बैङ्कको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका बैङ्कले जनाएको छ । शपथ ग्रहण समारोहमा.....
काठमाडौं । ग्लोबल आईएमई बैङ्क नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आधिकारिक बैङ्क बनेको छ । इक्यान र ग्लोबल आईएमईबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आईएमईका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । इक्यान.....
महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता.....
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई तथ्यगत आधार उपलब्ध गराएको छ । कम्पनीलाई गत साता नेप्सेले लाभांश दर राष्ट्र बैङ्कले अस्वीकृत गर्नुको कारण माग गरेको थियो । कम्पनीले मङ्गलबार नेप्सेलाई आधार उपलब्ध गराएको हो । छिमेक लघुवित्तले लगानीकर्तालाई दिने प्रस्ताव गरेको.....
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैङ्कले आफ्नो १४औं वार्षिक साधारण सभाबाट लगानीकर्तालाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । पुस ३० गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रस्ताव पारित भएको हो । हाल २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी भएको यस विकास बैङ्कको.....
काठमाडौं । सोमबार एकै दिन ४ वाणिज्य बैङ्कले साधारण सभा सम्पन्न गरेका छन् । सोमबार नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र मेगा बैङ्कले साधारण सभा सम्पन्न गरेका हुन् । एसबिआई बैङ्ले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ । बैंकले गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत.....
काठमाडौं । एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्कले ऋणपत्र (डिबेञ्चर) निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार दुवै बैङ्कलाई प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यमा ५ अर्ब ५० करोड रुपैयाँ बराबरका ५५ लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति दिएको हो । एनआईसी र ग्लोबलले ऋणपत्रको ब्याज.....
उदयपुर, चुहाडे । ग्लोबल आइएमई बैङ्कको नयाँ शाखारहित सेवा कार्यालय उदयपुरको चुहोडमा सञ्चालनमा आएको छ । कम्पनीले पुस २९ गते (आइतबार)देखि उदयपुरको त्रियुगा नगरपालिकाको चुहाडेमा ११७ औँ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको हो । शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले.....