बैङ्किङ


नेपाल बैङ्कको एफपीओमा २ अर्ब ७० करोडको आवेदन

नेपाल बैङ्कको एफपीओमा २ अर्ब ७० करोडको आवेदन

१३ श्रावण २०७५, आईतवार १८:०१

नेपाल बैङ्कको थप सार्वजनिक निष्कासन (एफपीओ)मा २ अर्ब ७० करोड रुपैयाँबराबरको आवेदन परेको छ । एक महिना लामो बिक्री अवधि सकिँदा पनि नेपालको एफपीओ पूरै बिक्री हुन सकेन । कम्पनीले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियम थप गरी २ सय ८० रुपैयाँका दरमा बिक्री.....

तेकिएको सीमाभन्दा बढी रकम बैङ्कमा जम्मा गर्ने म्युचुअल फन्ड कारबाहीमा

तेकिएको सीमाभन्दा बढी रकम बैङ्कमा जम्मा गर्ने म्युचुअल फन्ड कारबाहीमा

११ श्रावण २०७५, शुक्रबार १२:३६

नेपाल धितोपत्र बोर्डले आफ्नो सीमाभन्दा बाहिर लगानी गरेको भन्दै ५ म्युचुअल फन्डलाई कारबाही गरेको छ । बोर्डले तोकिएको सीमाभन्दा बढी रकम बैङ्क निक्षेपमा लगानी गर्ने म्युचुअल फन्डलाई कारबाही गर्न लागेको छ । कारबाहीको प्रक्रियामा रहेका उक्त मर्चेन्ट बैङ्कहरुले तोकिएका क्षेत्रमा लगानी नगरी ब्याजका लागि.....

आइएमई जनरल इन्स्योरेन्सका नयाँ शाखा टाँडी र कावासोतीमा

आइएमई जनरल इन्स्योरेन्सका नयाँ शाखा टाँडी र कावासोतीमा

१० श्रावण २०७५, बिहीबार १४:२५

आइएमई जनरल इन्स्योरेन्सले चितवनको रत्ननगर, टाँडी र नवलपरासीको कावासोतीमा एकै साथ दुई शाखा खोलेको छ । कम्पनीले यी दुई स्थानका शाखा साउन ९ गतेदेखि सञ्चालनमा ल्याएको हो । टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले.....

दुर्गममा बैङ्क खोल्न पूर्वाधारबाहेक राजनीतिक दल र टोले गुन्डा मुख्य समस्या

दुर्गममा बैङ्क खोल्न पूर्वाधारबाहेक राजनीतिक दल र टोले गुन्डा मुख्य समस्या

९ श्रावण २०७५, बुधबार १४:१४

सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुग्नुपर्ने नीति केन्द्रीय बैङ्कले अघि सारेपछि तोकिएका स्थानमा जान तम्सिएका बैङ्क समस्यामा परेका छन् । दुर्गम क्षेत्रका स्थानीय तहमा विद्युत्, सडक, इन्टरनेट, सुरक्षित भवन र सुरक्षा उपलब्ध नहुँदा समस्या भएको हो । त्यति मात्र होइन, कतिपय क्षेत्रमा राजनीतिक दल तथा तिनका भ्रातृसङ्गठन.....

नबिल बैङ्कको ३४औं वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता

नबिल बैङ्कको ३४औं वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता

९ श्रावण २०७५, बुधबार १३:३४

नबिल बैङ्कले बैङ्कका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ । बैङ्कले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा साउन ५ गते कर्मचारीस्तरीय फुटसल आयोजना गरेको जनाएको छ । बैङ्कका उच्च व्यवस्थापकबीचको मैत्रीपूर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैङकका सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद.....

हाथवेको सीईओमा पौडेल

हाथवेको सीईओमा पौडेल

९ श्रावण २०७५, बुधबार १३:२१

हाथवे फाइनान्स लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास पौडेलले कार्यभार सम्हालेका छन् । २०६८ देखि ४ वर्ष कन्काई विकास बैङ्कको सीईओ बनेको उनी केही समय खाली थिए । हथवेका पूर्वसीईओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेल नियुक्त भएका हुन् हुन् । पाण्डेले असार ३१ गते राजीनामा दिएका थिए । त्यसलगत्तै.....

मेरो माइक्रोफाइनान्सको नाफा साढे २ प्रतिशतले बढ्यो

मेरो माइक्रोफाइनान्सको नाफा साढे २ प्रतिशतले बढ्यो

९ श्रावण २०७५, बुधबार १०:४४

मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा २ दशमलव ५ प्रतिशतले नाफा बढाएर ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्ष ९ करोड २८ लाख २७ हजार रुपैयाँ कमाएको थियो । माइक्राेफाइनान्सको २८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले ७८ करोड ३७ लाख ९१ ह्जार रुपैयाँ निक्षेप सङ्कलन.....

लुम्बिनी विकासको १३औं एटीएम सेवा पोखराको छोरेपाटनमा

लुम्बिनी विकासको १३औं एटीएम सेवा पोखराको छोरेपाटनमा

८ श्रावण २०७५, मंगलवार १४:१८

लुम्बिनी विकास बैङ्कले पोखराको छोरेपाटन शाखाबाट आफ्नो १३औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले सञ्चालनमा ल्याएको एटीएम सेवाबाट अन्य बैङ्क तथा वित्तीय संस्थाका ग्राहकले पनि सेवा लिन सक्ने बैङ्कले जनाएको छ । बैङ्कले मुलुकका विभिन्न भागमा रहेका ५६ शाखा सञ्जाल तथा १३ एटीएममार्फत आफनो सेवा प्रदान.....

भार्गव विकासले साढे ५ प्रतिशत बोनस सेयर दिने

भार्गव विकासले साढे ५ प्रतिशत बोनस सेयर दिने

८ श्रावण २०७५, मंगलवार १२:०१

भार्गव विकास बैङ्कले चुक्ता पुँजीको ५ दशमलव ५६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैङ्कले शून्य दशमलव ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ छ । बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि बोनस सेयर.....

गरिमा विकास बैङ्क र सप्तकोशी डेभलपमेन्टले बढाए नाफा

गरिमा विकास बैङ्क र सप्तकोशी डेभलपमेन्टले बढाए नाफा

८ श्रावण २०७५, मंगलवार ११:४७

गत आर्थिक वर्षमा गरिमा विकास बैङ्कले २७ दशमलव ७८ प्रतिशत नाफा बढाएको छ । गरिमाले गत आर्थिक वर्षमा ९ करोड ५२ लाख १६ हजार रुपैयाँ नाफा बढाएर ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ र २७ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । गरिमाको अघिल्लो वर्षको नाफा ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ थियो । बैङ्कको चुक्ता पुँजी २ अर्ब ५३ करोड.....