सेयर


इस्टर्न हाइड्रोपावरको संस्थापक सेयर खुला

इस्टर्न हाइड्रोपावरको संस्थापक सेयर खुला

३ चैत्र २०७५, आईतवार १५:३४

भोजपुर । पिखुवा खाेलामा निर्माण भइरहेको इस्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक सेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि सेयर खुला गरिएको कम्पनीले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक.....

२० अर्बभन्दा बढीको आईपीओ आउँदै, कसको कति (सूचीसहित)

२० अर्बभन्दा बढीको आईपीओ आउँदै, कसको कति (सूचीसहित)

३ चैत्र २०७५, आईतवार ०७:००

काठमाडाैं । नयाँ लगानीकर्ताहरुलाई जहिले पनि पुँजीबजारमा कहिले प्रवेश गर्ने भन्ने प्रश्न अल्झिरहन्छ । कसरी र कहिले भन्ने प्रश्नलाई धेरैले प्राथमिक निष्कासनसँग जोड्ने गर्छन् र सार्वजनिक निष्कानसनमा आएका सेयर खरिद गर्दै अघि बढ्ने मनस्थितिमा पुग्छन् । कम्पनीको वास्तविकता पनि नहेरी प्राथमिक निष्कासनमा.....

नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार, नेपाल टेलिकम ठूलो कम्पनी

नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार, नेपाल टेलिकम ठूलो कम्पनी

१ चैत्र २०७५, शुक्रबार १५:२२

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेसनल लाइफको साधारण र संस्थापक गरी २५ करोड ५३ लाख ४० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जानकारी दिएको छ, जसमध्ये २१ करोड रुपैयाँबराबरको संस्थापक (प्रमोटर) र ४ करोड ५३ लाख ४० हजार.....

४ कम्पनीको ७५ लाख ६१ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत

४ कम्पनीको ७५ लाख ६१ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत

१ चैत्र २०७५, शुक्रबार १४:३४

काठमाडौं । विभिन्न ४ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । साधारण सेयर (आईपीओ) र हकप्रद गरी ७५ लाख ६१ हजार ९६५ कित्ता सेयर सुचिकरण भएको नेप्सेले जनाएको छ । जसअनुसार एसबीएल डिवेञ्चर २०८२, २१ लाख ६२ हजार ५५९, सानिमा डिवेञ्चर २०८५, १३ लाख ५४ हजार ७१२, आशा लघुवित्त.....

ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

१ चैत्र २०७५, शुक्रबार १२:३७

काठमाडौं । ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंङ्क र फाइनान्सबीच बिहीबार प्राप्तिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । हाथवे फाइनान्स सुनसरीको धरानमा रहेको छ । प्राप्तिमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हाथवे फाइनान्सको सेयर.....

जनताको जलविद्युत् त्रिशूलीले चैत ७ देखि आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरे हुने

जनताको जलविद्युत् त्रिशूलीले चैत ७ देखि आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरे हुने

१ चैत्र २०७५, शुक्रबार ०८:५२

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चैत ७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ.....

आईपीओ निष्कासनको तयारीमा रहेको त्रिशुली जलविद्यत कम्पनीको क्रेडिट रेटिङ गर्नु नपर्ने

आईपीओ निष्कासनको तयारीमा रहेको त्रिशुली जलविद्यत कम्पनीको क्रेडिट रेटिङ गर्नु नपर्ने

३० फाल्गुन २०७५, बिहीबार १६:५५

काठमाडौं । जनताको जलविद्युत आयोजनाको क्रेडिट रेटिङ नहुने भएको छ । नेपाल धितोपत्र बोर्डल सरकारले ल्याएको जनता जलविद्युत कार्यक्रममा परेका आयोजनाको रेटिङ नहुने जानकारी गराएको हो । जनताको जलविद्युतमा परेका कम्पनीले आईपीओ निष्कासन गर्नुपर्दा रेटिङ नगरे पनि हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ । त्रिशुली.....

सेयर बजार ५ अंकले बढ्यो, नेसनल लाइफको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

सेयर बजार ५ अंकले बढ्यो, नेसनल लाइफको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

३० फाल्गुन २०७५, बिहीबार १६:२५

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ५ अंकले बढेको छ । बुधबार घटेको सेयर बजार बिहीबार सामान्य अंकले बढेर नेप्से परिसुचक १ हजार १५५ अंकमा पुगेको छ । बिहीबार ४८ करोड ५८ लाख रुपैयाँ बारबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर (प्रमोटर) सेयर किनबेच भएको.....

लगानीकर्ताको दबाबपछि सेबोन पछि हट्यो, ५ लाखभन्दा कम सेयर कारोबार गर्नेले प्यान लिनु नपर्ने

लगानीकर्ताको दबाबपछि सेबोन पछि हट्यो, ५ लाखभन्दा कम सेयर कारोबार गर्नेले प्यान लिनु नपर्ने

३० फाल्गुन २०७५, बिहीबार १२:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा ५ लाख रुपैयाँ भन्दा कम सेयर कारोबार गर्नेलाई लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने व्यवस्था गरेको छ । बोर्डले बिहीबार प्रेश विज्ञप्ति जारी गरी ५ लाख भन्दा बढी कारोबार गर्ने लगानीकर्ताको मात्र प्यान नम्बर हुनु पर्ने व्यवस्था गरेको हो.....

जनताको जलविद्युत् आयोजना कार्यक्रम आयो कार्यन्वयनमा, ‘त्रिशूली ३ ‘बी’ ले खुला गर्ने भयो आईपीओ

जनताको जलविद्युत् आयोजना कार्यक्रम आयो कार्यन्वयनमा, ‘त्रिशूली ३ ‘बी’ ले खुला गर्ने भयो आईपीओ

३० फाल्गुन २०७५, बिहीबार १०:३८

काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत् आयोजना कार्यक्रम कार्यन्वयनमा आएको छ । जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले प्रस्ताव गरेका १९ मध्ये पहिलो चरणमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् कार्यान्वयनमा आएको हो । आयोजनाले सर्वसाधारणलाई  ३७ करोड रुपैयाँबराबरका ३७ लाख कित्ता आईपीओ.....