घरि स्थिर, घरि उकालो त घरि ओरालो हुँदै अन्त्यमा बुधबार सेयर बजार ४.९४ अङ्कले घटेर १३२२.२७ अङ्कमा ओर्लिएको छ । यसैगरी अाज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अङ्कले घटेर २७८.२१ अङ्कमा झरेको छ । बजेट सार्वजनिक भएको भोलिपल्ट लगानीकर्ता निकै अलमलमा परेको देखियो, फलस्वरुप बजार प्लस–माइनस–प्लस.....
आर्थिक वर्ष २०७५–७६ को बजेटद्वारा धितोपत्र व्यवसायलाई मूल्य अधिवृद्धि कर (भ्याट) छुट दिने सरकारको निर्णयलाई स्टक ब्रोकर्स एसोसिएसन नेपालले स्वागत गरेको छ । केही वर्षदेखि धितोपत्र खरिदविक्री सेवावापत प्राप्त हुने आयमा भ्याटका लागि ताकेता भइरहेको थियो । अब पुरानो बेरुजु बक्यौता मिनाहा, नयाँ व्यवस्थाअनुसार.....
सरकारले आगामी आर्थिक वर्ष (२०७५/७६५)को बजेट घोषणाको एक घण्टाअघि मङ्गलबार सेयर बजार घटेर कारोबार बन्द भएको छ । ७ कार्यदिनसम्म लगातार घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक सोमबार नाटकीय रुपमा ३५.९८ अङ्कले बढे पनि त्यो टिकाउपूर्ण भएन । मङ्गलबार नेप्से ९.१८ अङ्कले घटेर १३२७.२१ अङ्कमा रोकिएको.....
सरकारले आगामी आर्थिक वर्ष (२०७५/७६५)को बजेट घोषणा गर्ने समय नजिँकिँदै गर्दा सेयर बजारमा भने तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु हुने बित्तिकै बृद्धिको लाइनमा देखिएको बजार तुरुन्तै घटेको थियो । त्यसपछि फेरि बजार एकाएक माथि चढ्यो तर, त्यो चढाइ पनि धेरै टिकेन । विगतमा ७ कार्यदिनसम्म लगातार घटेको सेयर.....
गत साताको सुरुदेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार भने एकाएक बढेको छ । जेठ १५ (भोलि) बजेट आउने भए पनि आजै बजार एकाएक बढेको छ । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरमबीच संविधान संशोधन र फारम सरकारमा सहभागी हुने गरी भएको दुई बुँदे सम्झौतासँगै सेयर बजारले एकाएक नयाँ गति समातेको हो । यसबाहेक राजनीतिक.....
जतिजति आगामी आर्थिक वर्ष (२०७५/७६)को सङ्घीय बजेट आउने दिन नजिकिँदै गएको छ, त्यतित्यति सेयर बजारमा पहिरो जान थालेको छ । गत साताभर निरन्तर घटेर बजार यो साता आइतबार पनि ठूलो धक्का दिएको छ । आइतबार सङ्घीय संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित भइरहँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने तीव्र.....
साताको ५ दिन नै सेयर कारोबार भएको सेयर मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) पाँच दिन नै घटेको छ । अघिल्लो बिहीबार १३३९.६५ अङ्कमा रहेको नेप्से यो साताको बिहीबार कारोबार बन्द हुँदा १३१८.२२ अङ्कमा थामिएको छ । खासै ठूलो उथलपुथल नभए पनि सामान्य हिसाबले साताभर नै सेयर सूचक घटिनै रह्यो र साताभित्र २१.४३ अङ्कले तल.....
यो साताको पाँचौ दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.०५ अङ्कले घटेर १३१८.२२ अङ्कमा खुम्चिएको छ । नेप्से बुधबार ४.५५ अङ्कले घटेर १३२८.२७ अङ्कमा रोकिएको थियो । बिहीबार कारोबार सुरु भएको केही समयपछि बढ्ने रफ्तारमा गए पनि अन्तिममा दोहोरो अङ्कले घटेर लगानीकर्तालाई.....
नेपाल धितोपत्र बोर्डको आयोजनामा भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पुँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने.....
यो साताको चौथो दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । लगातार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको मात्र छैन, कारोबार रकममा पनि भारी गिरावट आएको छ । नेप्से बुधबार ४.५५ अङ्कले घटेर १३२८.२७ अङ्कमा रोकिएको छ । कारोबारको सुरुवातदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म नै घटेको छ । आगामी.....