निरन्तर सेयर बजार ओरालो लागिरहँदा लगानीकर्ता सेयर किन्न व्यग्र प्रतीक्षामा बसेका छन् । तर, घटेकै मूल्यमा थप मूल्य कम गरेर मात्र लगानीकर्ता सेयरमा थप लगानी गर्न इच्छुक देखिएका छन् । क्यापिटल हेरेको १० ओटा कम्पनी मार्केट डेप्थमा ९ ओटा कम्पनीमा सेयर बिक्री गर्नेभन्दा खरिद गर्ने अधिक छन् । चिलिमे जलविद्युत्.....
सेयर बजार परिसूचक घट्ने क्रम बुधबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अङ््कभन्दा धेरैले घटे पनि पछिल्लो २६ महिनायताकै न्यून बिन्दु १२३१ मा झरेको हो । यसअघि २०७२ माघ १७ गते नेप्से परिसूचक १२२० अङ््कमा थियो । पछिल्ला दिनमा सेयर बजार निरन्तर ओरालो लागेर हरेक दिन नयाँ न्यून बिन्दु बनाएको.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले एकपछि अर्को न्यून बिन्दु बनाउने क्रमले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार नेप्से परिसूचक १५ अङ्कभन्दा धेरैले घटेर १२५५ अङ्कमा झरेको छ । सोमबार ८ अङ्कभन्दा धेरैले घटेको नेप्से सूचक मङ्गलबार त्योभन्दा धेरैले घटेको हो । बैङ्क तथा वित्तीय चुक्ता पुँजी वृद्धिको.....
सेयर बजार परिसूचक घट्दो क्रममा गएपछि सोमबार १२७० बिन्दुमा झरेको छ । आइतबार ९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि सोही गतिमा घटेपछि नेप्सेले न्यून बिन्दु बनाएको हो । नेप्से परिसूचकसँगै कारोबार रकमपनि घट्ने क्रम जारी छ । आइतबार ३० करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा सोमबार.....
सेयर बजार परिसूचक बढ्ने क्रम यो साताको पहिलो दिन आइतबार रोकिएको छ । गत साताको अन्तिम दिनमा निरन्तर सुधारको गतिमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको सुरआतसँगै नकारात्मक भएको हो । आइतबार नेप्से परिसूचक ९ अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकम ३० करोडमा सीमित भएको छ । कारोबार रकममा आएको.....
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको सेयर किन्ने चाप बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार विहानैदेखि मूल्य घटाएर सेयर किन्न चाहनेको सङ्ख्या बढेको हो । गत शुक्रबार एनसीसी बैङ्कमा १ अर्व ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैङ्कका सञ्चालक.....
सेयर बजार परिसूचक बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । यो साताका पछिल्ला दिनमा देखिएको सेयर बजारमा सूचकको सुधारले आगामी दिन बजार अझै केही बढ्ने सङ्केत गरेको छ । तर, सेयर बजार सूचकमा सुधार आए पनि कारोबार रकममा आएको गिरावटले सेयर लगानीकर्ता अझै पर्ख र हेरको अवस्थाका रहेको बुझिन्छ । यो साता नेप्सेमा.....
सेयर बजार सूचकमा सुधार आए पनि कारोबार रकम अत्यन्तै न्यून भएको छ । सेयर बजार सूचक बढे पनि कारोबार रकममा गिरावट कायम रहनु भनेको सेयर लगानीकर्ताको मनोबल अझै कमजोर भएको हो । बुधबार नेप्सेमा १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेप्सेको औसत दैनिक कारोबार रकम ६६ करोड.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्ने क्रम मङ्गलबार रोकिएको छ । पछिल्ला दिनमा निरन्तर घटेको नेप्से सूचक मङ्गलबार करिब ५ अङ्कले बढेको हो । नेप्से सूचक बढेको भए पनि कारोबार रकम भने उच्च दरमा घटेको छ । सोमबार ३१ करोड रुपैयाँबराबरको सेयर करोबार भएको नेप्सेमा मङ्गलबार २३ करोडको मात्र कारोबार भएको हो । नेप्से.....
बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउन थालेपछि सेयर बजार झन् अफ्ठ्यारोमा परेको छ । वित्तीय प्रणालीको ब्याजदर बढ्ने अवस्था आएपनि आइतबार ३१ अङ्कले घटेको सेयरबजार सोमबार पनि ७ अङ्कभन्दा धेरैले घटेको छ । पछिल्लो समयमा निरन्तर ओरालो लागेको सेयरबजार सूचक (नेप्से) लाई साना घट्नाक्रमले पनि.....