काठमाडौं । सोल्टी होटल लिमिटेड र सिविक्रम होल्डिङ्सको संयुक्त लगानीमा सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सफ्ट लन्च गरिएको सो होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक.....
एजेन्सी । भारतीय जेट एयरका संस्थापक नरेश गोयलको एयरवेजको बोर्डमा बोलपत्र प्रस्ताव गरेर फर्किने रणनीति तुहिएको छ । संकटग्रस्त एयरवेजका साझेदार इतिहाद एयरवेज र टीपीजी क्यापिटलले गोयल एयरवेजको पुनः हिस्सा बने आफूहरु कम्पनीमा नरहने धम्की दिएपछि गोयलले बोलपत्र फिर्ता लिएका हुन् । आर्थिक सङ्कटमा फसेर.....
बीबीसी । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ। त्यसभन्दा माथि आरोहीहरू स्वयंले बनाउँछन्। आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी.....
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं दिल्ली उडान थप गर्ने भएको छ । गम्भीर आर्थिक संकटका कारण भारतीय विमान सञ्चालक जेट एयरवेज लिमिटेडले काठमाडौं दिल्ली उडान बन्द गरेपछि निगमले आफ्ना दुई उडान थप गर्न लागेको हो । दैनिक ३ देखी ४ ओटा उडान गर्दै आएको जेट एयरवेजले गत शुक्रबारबाट उडान बन्द गरेपछि यसको फाइदा.....
एमएस ग्रुपले निर्माण गरेको म्यारियट होटलको आइतवारदेखि सफ्ट लन्च गरिएको छ । ४ अर्ब लागतमा ४ बर्ष लगाएर निर्माण गरिएको काठमाडौंको पछिल्लो पाँचतारे होटलमा आइतबारदेखि पाहुनाहरु बस्न थालेका हुन् । काठमाडौंको नक्साल नागपोखरीमा निर्माण भएको होटल ठमेल र दरबारमार्गबाट नजिक पर्छ । एमएस गु्रपले नै २ बर्षअघि.....
काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भन्दै पहिलोपटक नेपाल, भारत र चीनका तीन जना महिलाले संयुक्तरुपमा सर्वोच्च शिखर सगरमाथा हिमालको आरोहण गर्ने भएका छन् । उनीहरु मङ्गलबार लुक्ला पुग्ने कार्यक्रम छ । विश्व शान्ति, मित्रता तथा यस क्षेत्रमा महिला सशक्तीकरणको उद्देश्यले हिमाल आरोहण गर्न लागेको उनीहरुको भनाइ.....
काठमाडौं । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ मनाउन लागिएको भ्रमण वर्ष २०२०को सचिवालय बल्ल टुङ्गो लागेको छ । सचिवालयका लागि घर खोज्न महिनौ लागेपछि आलोचित बनेका कार्यक्रम संयोजक सुरज वैद्यले केशरमहलमा कार्यालय सञ्चालनमा ल्याएका छन् । भूकम्पले क्षति पु¥याएको सो भवनमा अहिले मर्मतसम्भार गरी रङरोगनको.....
काठमाडौं । लामो समयदेखि चीनको गोन्जाओमा उडान गर्ने समय पर्खिंदै आएको नेपाल एयरलाइन्सले अझै उडान पाएको छैन । चीनको गोन्जाओमा उडान गर्न चीनले सहमत भए पनि चिनियाँ नागरिक उड्डयन कार्यालयले उडान अनुमति (एओसी) नपाएउँदा मिति तोक्न नसकिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी वाइडबडी ३३० जहाजमार्फत उडान.....
ललितपुर । ललितपुर महानगरपालिकाको खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैङ्कको १० लाख रुपैयाँको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो । रुद्रायणी मन्दिरमा नित्य पूजा र विशेष पूजा हुँदा बिहान,.....
पोखरा । ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखराका विभिन्न क्षेत्रमा संलग्न महिलाको टोलीले बाग्लुङ जिल्लाको ढोरपाटनलगायतका स्थानको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले.....