काठमाडौं । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले दुई साताका लागि रिपोमार्फत बजारमा पैसा पठाउन लागेको हो । अन्तर बैंक ब्याजदर ५.१७ प्रतिशत पुगेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी.....
काठमाडौं । कामना सेवा बैङ्कको ६८ औं शाखा धनुषाको जनकपुरमा खुलेको छ । बैङ्कले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते ६८ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको जनाएको छ । बैङ्कका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलेसंयुक्त रुपमा उक्त शाखाको शुभारम्भ.....
काठमाडौं । प्रभु बैंकले नेपाली सेनाका जेहन्दार सन्ततिलाई शैक्षिक कर्जा प्रदान गर्ने भएको छ । शैक्षिक कर्जा दिने विषयमा सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँ सम्मको हुने छ । सैनिक.....
काठमाडौं । एनआईसी एसिया बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । बैंकको गत पुस ४ मा बसेको २१ औं साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेपछि नेप्सेमा सुचिकृत भएको हो । बोनस सेयर सुचिकृतपछि चुक्ता.....
काठमाडौं । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएपछि नविल बैंकको साधारण र संस्थापक सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको साधारण सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ७०८ र संस्थापक सेयर ६७० रुपैयाँमा समायोजन गरेको हो । औसत आधार मूल्य १ हजार १२१.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिबेञ्चर) आज सोमबारसम्म मात्र खुला हुने भएको छ । बैङ्कले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र बिक्री नभएपछि म्याद थप गरिएको थियो । बैङ्कले आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म.....
काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) अभाव भइरहेका बेला बजार २ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी रकम आउने भएको छ । नागरिक लगानी कोषले आफुसंग भएको २ अर्ब २५ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकमा मुद्धति निक्षेपका रुपमा राख्ने भएको छ । कोषले पैसा राख्न वाणिज्य बैंक खोजेको छ । उसले आगामी.....
यति बेला उद्योगीहरु आन्दोलित छन् । विराटनगर क्षेत्रका उद्योगीहरु ब्याजदर बढी भएको भन्दै प्लेकार्ड र ब्यानर लिएर सडकमै उत्रिएका छन् । त्यसलाई नेपाल उद्योग वाणिज्य महासङ्घले पनि समर्थन गरेको छ । ब्याजदर वृद्धिको चपेटामा सर्वसाधारण ऋणी, उद्योगी, व्यवसायी र लगानीकर्ता सबै परेका छन् । मात्रात्मक असर मात्रै.....
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय कारोबार सुरु गरेका छ । काभ्रेको बनेपामा रहेको लघुवित्त संस्थाले गत साता वित्तीय कारोबार सुरु गरेको हो । नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने.....
काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहरो अङ्कले घटेको छ । आइतबार सेयर बजार १०.७५ अङ्क घटेर नेप्से परिसूचक १ हजार १०२ अङ्कमा झरेको छ । आइतबार २० करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ३७० रुपैयाँमा १ करोड ३७ लाख ३१ हजार रुपैयाँमा.....